Text copied!
Bibles in Nepali (individual language)

यहोशू 15:10-33 in Nepali (individual language)

Help us?

यहोशू 15:10-33 in पवित्र बाइबल

10 सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो ।
11 सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्‍क्यो र यो शिक‍करोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्‍नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो ।
12 पश्‍चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।
13 परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।
14 कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
15 त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) आक्रमण गर्न गए ।
16 कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिने छु ।”
17 जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए ।
18 त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?”
19 अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।
20 कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।
21 यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,
22 कीना, दीमोना, अदाद,
23 केदेश, हासोर, यित्‍नान,
24 जीप, तेलेम, बालोत,
25 हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),
26 अमाम, शेमा, मोलादा,
27 हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,
28 हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।
29 बाला, ईम, एसेम,
30 एल्तोलद, कसील, होर्मा,
31 सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना,
32 लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
33 पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना,
यहोशू 15 in पवित्र बाइबल