Text copied!
Bibles in Nepali (individual language)

यशैया 11:4-10 in Nepali (individual language)

Help us?

यशैया 11:4-10 in पवित्र बाइबल

4 बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ ।
5 धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्‍वस्‍तता उहाँको पटुका हुनेछ ।
6 ब्वाँसो थुमासँग बस्‍नेछ र चितुवा पाठोसँग सुत्‍नेछ, बाछा, जवान सिंह र पोषिएको बाछा एकसाथ बस्‍नेछन् । एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ ।
7 गाई र भालु सँगै चर्नेछन् र तिनीहरूका बच्‍चाहरू सँगै सुत्‍नेछन् । गोरुले झैं सिंहले पराल खानेछ ।
8 एक जना दूधे बालक सर्पको दुलोमा खेल्नेछ, र दूधे छाडेको बालकले सर्पको दुलोभित्र हात हाल्नेछ ।
9 मेरो सबै पवित्र पर्वतमा तिनीहरूले चोट पुर्‍याउनेछैनन् न त विनाश नै गर्छन् । किनकि जसरी पानीले समुद्र ढाकेको छ त्यसरी नै परमप्रभुको ज्ञानले पृथ्वी भरिपुर्ण हुनेछ ।
10 त्यस दिन, यिशैको जरा मानिसहरूको निम्ति झण्डाको रूपमा खडा हुनेछ । जातिहरूले उहाँलाई खोज्‍नेछन् र उहाँको विश्राम स्थल महिमायुक्‍त हुनेछ ।
यशैया 11 in पवित्र बाइबल