8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्पक्ष रूपले गर्नुहुनेछ ।
9 अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्टको समयको एउटा शरणस्थान हुनुहुनेछ ।
10 तपाईंको नाउँ जान्नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्नेहरूलाई तपाईंले त्याग्नुहुन्न ।
11 परमप्रभुको स्तुति गाओ, जसले सियोनमा राज्य गर्नुहुन्छ । उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन ।
12 किनकि रक्तपातको बदला लिनुहुने परमेश्वरले सम्झनुहुन्छ । थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्न ।
13 हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्न सक्नुहुन्छ ।
14 जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्दित हुनेछु ।