Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 9:5-18 in Nepali (individual language)

Help us?

भजनसंग्रह 9:5-18 in पवित्र बाइबल

5 जातिहरूलाई तपाईंले हप्काउनुभयो । दुष्‍टहरूलाई तपाईंले नाश गर्नुभएको छ । तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ ।
6 जब तपाईंले शत्रुहरूका सहरहरू विनाश गर्नुभयो, तब ती भग्‍नावशेषहरूझैं टुक्रा-टुक्रा भए । तिनीहरूका सबै सम्झना नष्‍ट भयो ।
7 तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ ।
8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्‍पक्ष रूपले गर्नुहुनेछ ।
9 अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्‍टको समयको एउटा शरणस्‍थान हुनुहुनेछ ।
10 तपाईंको नाउँ जान्‍नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्‍नेहरूलाई तपाईंले त्याग्‍नुहुन्‍न ।
11 परमप्रभुको स्‍तुति गाओ, जसले सियोनमा राज्‍य गर्नुहुन्छ । उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन ।
12 किनकि रक्‍तपातको बदला लिनुहुने परमेश्‍वरले सम्झनुहुन्छ । थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्‍न ।
13 हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।
14 जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्‍दित हुनेछु ।
15 जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।
16 परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्‍टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला
17 दुष्‍टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्‍वरलाई बिर्सिन्छन् ।
18 किनकि दरिद्रहरूलाई सधैं बिर्सिनेछैन, न त थिचोमिचोमा परेकाहरूका आसा सधैं चकनाचूर हुनेछैन ।
भजनसंग्रह 9 in पवित्र बाइबल