Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 91:10-16 in Nepali (individual language)

Help us?

भजनसंग्रह 91:10-16 in पवित्र बाइबल

10 कुनै खराबीले तिमीलाई जित्‍नेछैन । तिम्रो घर नजिक कुनै कष्‍ट आउनेछैन ।
11 किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।
12 तिनीहरूले तिमीलाई आफ्‍ना हातले थाम्‍नेछन्, ताकि तिमीले आफ्‍ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ ।
13 तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ ।
14 त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु । म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ ।
15 जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्‍टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
16 म त्यसलाई लामो जीवनले सन्‍तुष्‍ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु ।
भजनसंग्रह 91 in पवित्र बाइबल