Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 89:9-13 in Nepali (individual language)

Help us?

भजनसंग्रह 89:9-13 in पवित्र बाइबल

9 तपाईंले उर्लंदो समुद्रलाई वशमा पार्नुहुन्छ । जब छालहरू उर्लिन्छन्, तब तपाईंले तिनीहरूलाई शान्त पार्नुहुन्छ ।
10 तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो । आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो ।
11 स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्‍यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।
12 तपाईंले उत्तर र दक्षिणको सृष्‍टि गर्नुभयो । तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्‍दित हुन्‍छन् ।
13 तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ ।
भजनसंग्रह 89 in पवित्र बाइबल