11 तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्नझैं बनाउनुहोस् ।
12 तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्वरको खर्क लिऊँ ।”
13 हे मेरो परमेश्वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।
14 वन डढाउने आगोझैं र पहाडको आगोको ज्वालाझैं बनाउनुहोस् ।