Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 81:5-9 in Nepali (individual language)

Help us?

भजनसंग्रह 81:5-9 in पवित्र बाइबल

5 जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः
6 “मैले त्यसको काँधबाट बोझ हटाएँ । टोकरीहरू समात्‍ने त्यसका हातहरू मुक्‍त भए ।
7 तिमीहरूको संकष्‍टमा तिमीहरूले पुकारा गर्‍यौ र मैले तिमीहरूलाई सहायता गरें । गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ । मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरें । सेला
8 हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए !
9 तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।
भजनसंग्रह 81 in पवित्र बाइबल