Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 80:1-9 in Nepali (individual language)

Help us?

भजनसंग्रह 80:1-9 in पवित्र बाइबल

1 हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्‍याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्‍कनुहोस् ।
2 एफ्राइम, बेन्यामीन र मनश्‍शेको दृष्‍टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् ।
3 हे परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
4 हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ ?
5 तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँशु पिउन दिनुभएको छ ।
6 हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्‍यस्‍तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्‍ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।
7 हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्‍नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।
8 तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्‍यसलाई रोप्‍नुभयो ।
9 तपाईंले त्‍यसको निम्ति देशलाई सफा पार्नुभयो । त्‍यसले जरा हाल्यो र देशमा भरियो ।
भजनसंग्रह 80 in पवित्र बाइबल