Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 78:59-67 in Nepali (individual language)

Help us?

भजनसंग्रह 78:59-67 in पवित्र बाइबल

59 जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो ।
60 शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्‍नुभयो ।
61 उहाँले आफ्‍नो सामर्थ्यलाई कसैको कब्जामा सुम्‍पिदिनुभयो र आफ्‍नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो ।
62 उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्‍पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो ।
63 आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्‍म पारे, र तिनीहरूका जवान स्‍त्रीहरूसँग विवाहको गीत थिएन ।
64 तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् ।
65 अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो ।
66 उहाँले आफ्‍ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो ।
67 उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्‍नुभएन ।
भजनसंग्रह 78 in पवित्र बाइबल