Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 78:21-27 in Nepali (individual language)

Help us?

भजनसंग्रह 78:21-27 in पवित्र बाइबल

21 जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्‍यो,
22 किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।
23 तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो ।
24 तिनीहरूलाई खानलाई उहाँले मन्‍न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो ।
25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्‍त गरी खाना पठाउनुभयो ।
26 उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्‍नो शक्तिले उहाँले डोर्‍याउनुभयो ।
27 धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो ।
भजनसंग्रह 78 in पवित्र बाइबल