Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 74:7-21 in Nepali (individual language)

Help us?

भजनसंग्रह 74:7-21 in पवित्र बाइबल

7 तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे ।
8 तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।
9 हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्‍ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्‍दैन ।
10 हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन् ?
11 आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ? आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।
12 तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्‍वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।
13 तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्‍तुहरूका शिरहरू तोड्नुभयो ।
14 तपाईंले लिव्यातन्‌को शिर कुच्‍याउनुभयो । तपाईंले त्यसलाई उजास्‍थानमा बस्‍नेहरूलाई खुवाउनुभयो ।
15 तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्‍नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
16 दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्‍नुभयो ।
17 तपाईंले पृथ्वीको सबै सिमाना तोक्‍नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।
18 हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
19 तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् ।
20 आफ्नो करार सम्झनुहोस्, किनकि देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन् ।
21 थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्‍याउनुहोस् । गरीब र थिचोमिचोमा परेकाहरूले तपाईंको नाउँको स्तुति गरून् ।
भजनसंग्रह 74 in पवित्र बाइबल