4 किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्छन् ।
5 अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्ट हुँदैन ।
6 तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्नेछ ।
7 यस्ता अन्धोपनबाट नै पाप आउँछ । तिनीहरूका हृदयहरूबाट दुष्ट विचारहरू जान्छन् ।
8 तिनीहरू दुष्टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन् ।
9 आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् ।
10 यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्छन् र प्रशस्त पानी बगाइन्छ ।