Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 72:1-11 in Nepali (individual language)

Help us?

भजनसंग्रह 72:1-11 in पवित्र बाइबल

1 हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।
2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।
3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् ।
4 उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
5 सूर्य रहेसम्म र चद्रमा रहुन्‍जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।
6 काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।
7 उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।
8 उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।
9 उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।
10 तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् ।
11 वास्तवमा, सबै राजा उनको सामु घोप्‍टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
भजनसंग्रह 72 in पवित्र बाइबल