9 मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्नुहोस् ।
10 किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्यान लिन खोज्नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।
11 तिनीहरू भन्छन्, “परमेश्वरले त्यसलाई त्याग्नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।”
12 हे परमेश्वर, मबाट टाढा नहुनुहोस् । हे मेरो परमेश्वर, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
13 तिनीहरू लाजमा परून् र नाश होऊन्, जसले मेरो जीवनसँग शत्रुता गर्छन् । तिनीहरू हप्की र अनादरले ढाकिऊन्, जसले मलाई चोट पुर्याउन खोज्छन् ।
14 तर म सधैं तपाईंमा आसा गर्नेछु र म तपाईंको झन् धेरै स्तुति गाउनेछु ।
15 मैले तपाईंको धार्मिकता र तपाईंको मुक्तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्नेछ ।
16 म परमप्रभु परमेश्वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु ।