Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 68:23-31 in Nepali (individual language)

Help us?

भजनसंग्रह 68:23-31 in पवित्र बाइबल

23 ताकि आफ्‍ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् ।”
24 हे परमेश्‍वर, पवित्र स्थानमा तपाईंको शोभा-यात्रा, मेरो राजा, मेरो परमेश्‍वरको शोभा-यात्रा तिनीहरूले देखेका छन् ।
25 पहिले गायकहरू गए, त्यसपछि वद्यवादकहरू र बिचमा अविवाहित केटीहरूले खैंजडी बजाउँदै गए ।
26 सभाहरूमा परमेश्‍वरको प्रशंसा गर । तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर ।
27 त्यहाँ सबैभन्दा सानो कुल बेन्यामीन, त्‍यसपछि यहूदाका अगुवाहरू र तिनीहरूका दलहरू, जबूलुनका अगुवाहरू र नप्‍तालीका अगुवाहरू छन् ।
28 हे इस्राएल, तेरो परमेश्‍वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्‍वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ ।
29 यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन् ।
30 नर्कटका जङ्गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरूजस्‍ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् । तिनीहरूलाई होच्‍याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् । युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस् ।
31 मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन् । कूशले आफ्नै हातहरूले परमेश्‍वरको नजिक जान हतार गर्नेछ ।
भजनसंग्रह 68 in पवित्र बाइबल