Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 66:1-7 in Nepali (individual language)

Help us?

भजनसंग्रह 66:1-7 in पवित्र बाइबल

1 हे सारा पृथ्वी, परमेश्‍वरको निम्ति आनन्दले कराओ ।
2 उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।
3 परमेश्‍वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।
4 सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला
5 आओ र परमेश्‍वरका कामहरू हेर । मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ ।
6 उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्‍दित भयौं ।
7 उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्‍च नपारून् । सेला
भजनसंग्रह 66 in पवित्र बाइबल