Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 65:7-13 in Nepali (individual language)

Help us?

भजनसंग्रह 65:7-13 in पवित्र बाइबल

7 समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्‍त पार्ने तपाईं नै हुनुहुन्छ ।
8 पृथ्वीका पल्‍लो छेउका भागहरूमा बस्‍नेहरू तपाईंका कामहरूका प्रमाणले भयभीय हुन्छन् । तपाईंले पूर्व र पश्‍चिमलाई आनन्‍दित बनाउनुहुन्छ ।
9 तपाईं पृथ्वीलाई सहायता गर्न आउनुहुन्छ । तपाईंले त्‍यसलाई भिजाउनुहुन्‍छ । तपाईंले त्‍यसलाई धेरै समपन्‍न तुल्याउनुहुन्छ । परमेश्‍वरका नदीमा पानी भरिएको छ । तपाईंले पृथ्वीलाई तयार गर्नुहुँदा तपाईंले मानवजातिलाई अन्‍न दिनुहुन्‍छ ।
10 तपाईंले यसका जोतेका खेतलाई प्रशस्‍त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्‍ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष्‌ ‌‌दिनुहुन्छ ।
11 तपाईंले वर्षलाई आफ्‍नो भलाईको मुकुट लगाइदिनुहुन्छ र तपाईंका गाडाहरू प्रशस्‍तताले भरिएर पोखिन्छन् ।
12 उजाडस्‍थानका खर्कहरूमा शीत झर्छ र डाँडाहरू आनन्दले ढाकिन्छन् ।
13 खर्कहरू बगालहरूले ढाकिन्छन् । बेसीहरू अन्‍नले ढाकिन्छन् । तिनीहरू आनन्दले कराउँछन् र तिनीहरू गाउँछन् ।
भजनसंग्रह 65 in पवित्र बाइबल