Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 63:4-11 in Nepali (individual language)

Help us?

भजनसंग्रह 63:4-11 in पवित्र बाइबल

4 त्यसैले म जीवित रहँदा म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंकै नाउँमा म आफ्‍ना हातहरू उचाल्‍नेछु ।
5 हाडको गुदी र चिल्‍लो खाना मैले खाएको जस्तै हुनेछ । आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ ।
6 जब आफ्‍नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्‍यान गर्छु ।
7 किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्‍दित हुनेछु ।
8 तपाईंसँग म टाँसिन्‍छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ ।
9 तर मलाई नष्‍ट गर्न खोज्‍नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्,
10 तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन् ।
11 तर राजाचाहिं परमेश्‍वरमा आनन्‍दित हुनेछन् । उहाँद्वारा शपथ खाने हरेकले उहाँमा गौरव गर्नेछन्, तर झुट बोल्नेहरूका मुख बन्द गरिनेछ ।
भजनसंग्रह 63 in पवित्र बाइबल