Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 49:9-16 in Nepali (individual language)

Help us?

भजनसंग्रह 49:9-16 in पवित्र बाइबल

9 कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।
10 किनकि त्यसले सडेको देख्‍नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्‍यसरी नै नाश हुन्छन् र आफ्‍ना सम्पत्ति अरूलाई छोड्छन् ।
11 आफ्‍ना परिवारहरू सधैंभरि निरन्तर रहन्‍छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्‍छ भन्‍ने तिनीहरूका भित्री विचार हुन्‍छ । आफ्‍ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्‍छन्।
12 तर धन भए पनि मानिस सधैं बाँच्‍न सक्‍दैन । त्‍यो नष्‍ट हुने जङ्‍गली पशुजस्‍तै हो ।
13 तिनीहरूको यो मार्ग नै तिनीहरूको मूर्खता हो । तापनि तिनीहरू पछि, मानिसहरूले तिनीहरूका भनाइहरूलाई मान्‍यता दिन्‍छन् ।
14 भेडाहरूझैं ती चिहानको निम्ति नियुक्‍त हुन्‍छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्‍य गर्नेछन् र तिनीहरूलाई बस्‍ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्‍ट हुनेछन् ।
15 तर परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला
16 कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा ।
भजनसंग्रह 49 in पवित्र बाइबल