3 हे सर्वशक्तिमान्, आफ्नो महिमा र ऐश्वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।
4 विश्वस्तता, नम्रता र धार्मिकताको कारणले आफ्नो ऐश्वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्दा कुराहरू सिकाउनेछन् ।
5 तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।
6 हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो ।
7 तपाईंले धार्मिकतालाई प्रेम र दुष्टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ ।
8 तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ ।
9 राजाकी छोरीहरू तपाईंका आदरनिय स्त्रीहरूका माझमा हुन्छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्छिन् ।
10 हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप । आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स ।
11 यसरी राजाले तिम्रो सुन्दरको इच्छा गर्नेछन् । उहाँ तिम्रो मालिक हुनुहुन्छ । उहाँलाई आदर गर ।
12 टुरोसकी छोरी उपहारसहित त्यहाँ हुनेछिन् । मानिसहरूमध्येका धनीहरूले तिम्रो कृपा खोज्नेछन् ।
13 दरवारका छोरी सह्रै महिमित छिन् । तिनको पहिरन सुनले बनाइएको छ ।