Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 44:10-16 in Nepali (individual language)

Help us?

भजनसंग्रह 44:10-16 in पवित्र बाइबल

10 तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।
11 तपाईंले हामीलाई मार्न लगिएका भेडाझैं बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ ।
12 तपाईंले आफ्ना मानिसहरूलाई सित्तैंमा बेच्‍नुभएको छ, यसो गरेर तपाईंले आफ्‍नो सम्पत्ति वृद्धि गर्नुभएको छैन ।
13 तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्‍की बनाउनुन्‍छ, हाम्रा वरिपरिकाहरूले गिल्ला र खिसी गरे ।
14 तपाईंले हामीलाई जातिहरूका माझमा अपमान, मानिसहरूले घृणाले शिर हल्लाउने बनाउनुहुन्छ ।
15 दिनभरि मेरि अनादर मेरो सामु हुन्‍छ र मेरो मुहारको लाजले मलाई ढाकेको छ,
16 हप्‍काउने र अपमान गर्ने सोरको कारणले, शत्रुहरू र बदला लिनेहरूको कारणले ।
भजनसंग्रह 44 in पवित्र बाइबल