Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 18:18-29 in Nepali (individual language)

Help us?

भजनसंग्रह 18:18-29 in पवित्र बाइबल

18 मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो ।
19 उहाँले मलाई फराकिलो ठाउँमा स्‍वतन्‍त्र राख्‍नुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो ।
20 मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए ।
21 किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन ।
22 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन ।
23 उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।
24 यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए ।
25 कुनै पनि विश्‍वासीलाई तपाईं आफै विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ ।
26 कुनै पनि शुद्ध व्‍यक्‍तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ । तर कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ ।
27 किनकि तपाईंले कष्‍टमा परेकाहरूलाई बचाउनुहुन्छ तर घमण्डी, अहङ्कारी आँखालाई तपाईंले तल झार्नुहुन्छ ।
28 तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।
29 किनकि तपाईंद्वारा नै म बाधालाई नाघ्‍न सक्छु । मेरा परमेश्‍वरद्वारा नै म पर्खाल नाध्‍न सक्छु ।
भजनसंग्रह 18 in पवित्र बाइबल