Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 136:18-25 in Nepali (individual language)

Help us?

भजनसंग्रह 136:18-25 in पवित्र बाइबल

18 उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
19 एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
20 र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
22 उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
23 उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
24 उहाँलाई धन्यवाद देओ जसले हाम्रा शत्रुहरूमाथि हामीलाई विजय दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
25 जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
भजनसंग्रह 136 in पवित्र बाइबल