Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 135:3-7 in Nepali (individual language)

Help us?

भजनसंग्रह 135:3-7 in पवित्र बाइबल

3 परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्‍तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो ।
4 किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्‍पत्तिको रूपमा रोज्‍नुभएको छ ।
5 परमप्रभु महान् हुनुहुन्छ भनी म जान्दछु, कि हाम्रो परमप्रभु सबै देवताभन्दा माथि हुनुहुन्छ ।
6 परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्‍यही गर्नुहुन्छ ।
7 उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्‍नो भण्डारबाट हुरीबतास निकाल्‍नुहुन्छ ।
भजनसंग्रह 135 in पवित्र बाइबल