Text copied!
Bibles in Nepali (individual language)

फिलिप्पी 4:10-14 in Nepali (individual language)

Help us?

फिलिप्पी 4:10-14 in पवित्र बाइबल

10 म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।
11 म अहिले आवश्यकतामा परेकोले मैले यो भनिरहेको होइनँ । मैले सबै परिस्थितिहरूमा सन्तुष्‍ट हुन सिकेको छु ।
12 मलाई गरिबी के हो भन्‍ने कुरा थाहा छ, र मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा छ । सबै किसिमले र सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु, र कसरी प्रशस्तता प्राप्‍त गर्नु वा आवश्यकतामा हुनु भन्‍ने कुरा मैले सिकेको छु ।
13 जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु ।
14 तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्‍यौ ।
फिलिप्पी 4 in पवित्र बाइबल