Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 5:20-34 in Nepali (individual language)

Help us?

प्रेरित 5:20-34 in पवित्र बाइबल

20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।”
21 जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए ।
22 तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए ।
23 “हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ ।”
24 जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे ।
25 तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्‍नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन् ।”
26 त्यसैले, कप्‍तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए ।
27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे,
28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”
29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ ।
30 हाम्रा पितापुर्खाका परमेश्‍वरले येशूलाई मृत्युबाट उठाउनु भयो, जसलाई तपाईंहरूले रुखमा झुण्ड्याएर मार्नुभयो ।
31 परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो ।
32 हामीहरू यी कुराहरूका साक्षी छौँ र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्‍वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”
33 जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे ।
34 तर गमलिएल नाउँ गरेका फरिसी र व्यवस्थाका एक जना शिक्षक थिए जो सबै मानिसहरूद्वारा सम्मानित थिए । उनी उभिए र केही समयको लागि प्रेरितहरूलाई बाहिर रहनलाई आज्ञा गरे ।
प्रेरित 5 in पवित्र बाइबल