Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 20:25-31 in Nepali (individual language)

Help us?

प्रेरित 20:25-31 in पवित्र बाइबल

25 र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन ।
26 त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु ।
27 किनकि मैले तपाईंहरूलाई परमेश्‍वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैँलाई रोकिनँ ।
28 त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् ।
29 मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् ।
30 मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन् ।
31 त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।
प्रेरित 20 in पवित्र बाइबल