Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 18:1-4 in Nepali (individual language)

Help us?

प्रेरित 18:1-4 in पवित्र बाइबल

1 यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए ।
2 त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्‍नी प्रिस्किलालाई भेटे । किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए ।
3 पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे ।
4 तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले ।
प्रेरित 18 in पवित्र बाइबल