Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 16:20-26 in Nepali (individual language)

Help us?

प्रेरित 16:20-26 in पवित्र बाइबल

20 तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् ।
21 यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।”
22 त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए ।
23 तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए ।
24 आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।
25 मध्यरातमा पावल र सिलास परमेश्‍वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए ।
26 अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए ।
प्रेरित 16 in पवित्र बाइबल