Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 15:6-11 in Nepali (individual language)

Help us?

प्रेरित 15:6-11 in पवित्र बाइबल

6 त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।
7 धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍न सकून् र विश्‍वास गरून् ।
8 मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।
9 विश्‍वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन ।
10 अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्‍न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्‍नैपर्छ भनी तपाईंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ ?
11 तर हामी विश्‍वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’
प्रेरित 15 in पवित्र बाइबल