Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 13:10-22 in Nepali (individual language)

Help us?

प्रेरित 13:10-22 in पवित्र बाइबल

10 र भने, तँ शैतानको छोरो, तँ छल र दुष्‍टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र ?
11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्‍ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्‍याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो ।
12 प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्‍वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।
13 अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।
14 पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे ।
15 अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”
16 त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् ।
17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
19 कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
20 यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।
21 त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो ।
22 तब परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’
प्रेरित 13 in पवित्र बाइबल