Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 11:5-11 in Nepali (individual language)

Help us?

प्रेरित 11:5-11 in पवित्र बाइबल

5 ‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले एउटा दर्शन देखेँ जसमा स्वर्गबाट एउटा ठूलो तन्‍ना जस्तो तलतिर झरिएको थियो । यो मकहाँ आयो ।
6 मैले यसलाई एक टक लगाएर हेरेँ र यस बारे सोचेँ । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकासमा उड्ने चराहरू देखेँ।
7 त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, “पत्रुस उठ अनि तिनीहरूलाई मारे र खाऊ ।”
8 मैले भने, “प्रभु, यसो होइन, किनभने अहिलेसम्म अपवित्र र अशुद्ध थोक मेरो मुखमा परेकै छैनन् ।”
9 तर स्वर्गबाट फेरि उत्तर आयो, “परमेश्‍वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, अशुद्ध नभन ।’’
10 यो तिन पल्टसम्म भयो, त्यसपछि सबै कुरा स्वर्गतिर फेरि उठाइ लगियो ।
11 हेर्नुहोस्, हामी बसको घर अगाडि तिन जना मानिस उभिरहेका थिए । उनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो ।
प्रेरित 11 in पवित्र बाइबल