Text copied!
Bibles in Nepali (individual language)

प्रस्थान 21:15-20 in Nepali (individual language)

Help us?

प्रस्थान 21:15-20 in पवित्र बाइबल

15 आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।
16 जसले कुनै व्यक्तिलाई अपहरण गरी त्यसले उसलाई बेच्यो वा पक्रिँदा त्यसकै हातमा फेला पर्‍यो भने अपहरणकारीलाई मारिनैपर्छ ।
17 आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।
18 मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्‍काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो
19 र त्यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्यसको समयको हर्जाना तिर्नुपर्छ । त्यसले ऊ पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ । तर त्यो मानिस हत्याको दोषी भने हुँदैन ।
20 कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लट्ठीले हिर्काउँदा मुक्‍का लागेर मर्‍यो भने त्यस मानिसलाई निश्‍चय नै दण्ड दिइनुपर्छ ।
प्रस्थान 21 in पवित्र बाइबल