7 यसैले, ए सारा इस्राएलीहरू हो, तपाईंहरूको सल्लाह र सुझाव यहाँ दिनुहोस् ।”
8 सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।
9 तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।
10 हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्ति खानेकुराको प्रबन्ध गर्न राख्नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”
11 यसैले इस्राएलका सबै सिपाहीहरू त्यस सहरको विरुद्ध एकतावद्ध भएर भेला भए ।
12 इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्टता के हो?
13 यसकारण, गिबाका ती दुष्ट मानिसहरूलाई हामीलाई सुम्पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।
14 त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।
15 बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
16 यी सबै सेनाहरूमा सात सय चुनिएका मानिसहरूले देब्रे हात चलाउँथे । तिनीहरू हरेकले घुयेंत्रोले कपालमा हान्न सक्थे र निशाना चुकाउँदैनथे ।
17 बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
18 इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”