Text copied!
Bibles in Nepali (individual language)

न्यायकर्ताहरू 16:13-17 in Nepali (individual language)

Help us?

न्यायकर्ताहरू 16:13-17 in पवित्र बाइबल

13 दलीलाले शिमशोनलाई भनी, “अहिलेसम्म त तपाईंले मलाई धोका दिनुभएको छ र मसँग झुटो बोल्नुभएको छ । तपाईंलाई कसरी नियन्त्रमा लिन सकिन्छ मलाई बताउनुहोस् ।” शिमशोनले त्यसलाई भने, “तिमीले मेरो कपालका सातवटा लट्टालाई तानमा बुनेर कीलामा कसेर राख्यौ भने म अरू मानिसझैं हुनेछु ।”
14 जब तिनी निदाए, दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी, अनि त्यसले उनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र तानसमेत कीला उखेलिदिए ।
15 त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्‍न सक्‍नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्‍न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्‍नुभएको छैन ।”
16 हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे ।
17 यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्‍वरको निम्ति एक नाजिरी भएको छु । मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु ।”
न्यायकर्ताहरू 16 in पवित्र बाइबल