Text copied!
Bibles in Nepali (individual language)

न्यायकर्ताहरू 13:5-10 in Nepali (individual language)

Help us?

न्यायकर्ताहरू 13:5-10 in पवित्र बाइबल

5 हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ । उसको कपालमा छुरा लाग्‍नेछैन, किनकि त्यो बालक गर्भदेखि नै परमेश्‍वरको निम्ति नाजिरी हुनेछ, र उसले इस्राएललाई पलिश्तीहरूका हातबाट छुटकारा दिन सुरु गर्नेछ ।”
6 तब ती स्‍त्री आइन् र आफ्नो पतिलाई भनिन्, “परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो, र उहाँको मुहार परमेश्‍वरका दूतका झैं धेरै डरलाग्‍दो थियो । उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ, र उहाँले मलाई आफ्नो नाउँ भन्‍नुभएन ।
7 उहाँले मलाई भन्‍नुभयो, ‘हेर, तिमी गर्भवती हुनेछौ, र तिमीले एउटा छोरो जन्माउनेछौ । यसैले दाखमद्य वा कडा पेय नपिउनू, र व्यवस्थाले अशुद्ध भनेर घोषणा गरेको कुनै कुरा नखानू, किनभने त्‍यो बालक तिम्रो गर्भदेखि उसको मृत्युको दिनसम्म नै परमप्रभुको निम्ति नाजिरी हुनेछ ।’”
8 त्यसपछि मानोहले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे, परमप्रभु, तपाईंले पठाउनुभएका परमेश्‍वरका मानिसलाई फेरि हामीकहाँ पठाइदिनुहोस् ताकि अब छिटै जन्मने बालकलाई हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउन सकून् ।”
9 परमेश्‍वरले मानोहको पुकार सुन्‍नुभयो, र परमेश्‍वरका दूत फेरि ती स्‍त्रीकहाँ तिनी मैदानमा बसिरहँदा देखा परे । तर मानोह तिनका पति तिनीसँग थिएनन् ।
10 यसैले ती स्‍त्री दौडेर गईन् र आफ्ना पतिलाई बताइन्, “ हेर्नुहोस्, ती मानिस, जो मकहाँ हिजो आउनुभएको थियो उहाँ फेरि मकहाँ देखापर्नुभएको छ!”
न्यायकर्ताहरू 13 in पवित्र बाइबल