Text copied!
Bibles in Nepali (individual language)

गन्ती 26:3-11 in Nepali (individual language)

Help us?

गन्ती 26:3-11 in पवित्र बाइबल

3 त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,
4 “परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।”
5 रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।
6 हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो ।
7 यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।
8 एलीआब पल्लुका छोरा थिए ।
9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्‍ने दातान र अबीराम यिनै थिए ।
10 कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए ।
11 तर कोरहका वंश मरेनन् ।
गन्ती 26 in पवित्र बाइबल