Text copied!
Bibles in Nepali (individual language)

गन्ती 1:20-53 in Nepali (individual language)

Help us?

गन्ती 1:20-53 in पवित्र बाइबल

20 इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
21 रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।
22 शिमियोनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
23 शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।
24 गादका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
25 गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।
26 यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
27 यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।
28 इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
29 इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।
30 जबूलूनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
31 जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।
32 योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
33 एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।
34 मनश्‍शेका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
35 मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए ।
36 बेन्यामीनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
37 बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।
38 दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
39 दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।
40 आशेरका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
41 आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए ।
42 नप्‍तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
43 नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए ।
44 मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे ।
45 यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो ।
46 तिनीहरू ६,०३,५५० पुरुष थिए ।
47 तर लेवीका सन्तानहरूको गन्ती
48 गरिएन, किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो,
49 “तैँले लेवीको कुललाई नगन्‍नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू ।
50 बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्‍त गर्नू ।
51 पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ । पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ । पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्‍तिलाई मार्नू ।
52 इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्‍त्र समुहको झण्डाको नजिकै टाँग्‍नू ।
53 तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ ।
गन्ती 1 in पवित्र बाइबल