Text copied!
Bibles in Nepali (individual language)

गन्ती 10:19-24 in Nepali (individual language)

Help us?

गन्ती 10:19-24 in पवित्र बाइबल

19 शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे ।
20 गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे ।
21 कहातीहरू हिँडे । तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे ।
22 एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे ।
23 मनश्‍शेका सन्तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे ।
24 बेन्यामीनका सन्तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे ।
गन्ती 10 in पवित्र बाइबल