Text copied!
Bibles in Nepali (individual language)

उपदेशक 10:5-16 in Nepali (individual language)

Help us?

उपदेशक 10:5-16 in पवित्र बाइबल

5 सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः
6 मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ ।
7 मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु ।
8 खाडल खन्‍ने कोही पनि त्यसभित्र खस्‍न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्‍न सक्छ ।
9 ढुङ्गा काट्नेलाई ढुङ्गाले नै चोट पुर्‍याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ ।
10 बन्चरो बोधो छ र मानिसले त्यसलाई उध्याउँदैन भने त्यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ ।
11 लट्ठ्याइनअगि नै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन ।
12 बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ ।
13 जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्यसै गरी मूर्खता बाहिर आउँछ, र अन्त्यमा त्यसको मुखबाट दुष्‍ट पागलपना बाहिर निस्कन्छ ।
14 मूर्खले कुराहरू बढाउँछ, तर के हुने छ भनी कसैलाई थाहा हुँदैन । त्यसको पछि के हुने छ भनी कसैले जान्दैन ।
15 मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ, कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन ।
16 त्यो देशलाई धिक्‍कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्‍न थाल्छन्!
उपदेशक 10 in पवित्र बाइबल