Text copied!
CopyCompare
पवित्र बाइबल - अय्यूब

अय्यूब 25

Help us?
Click on verse(s) to share them!
1तब बिल्दद शुहीले जवाफ दिए र यसो भने,
2“प्रभुत्व र डर उहाँसित छन् । उहाँले स्वर्गमा भएका आफ्‍नो उच्‍च स्थानहरूमा शान्ति कायम गर्नुहुन्छ ।
3के उहाँको फौजको गन्ति गर्न सकिन्छ र ? कसमाथि उहाँको ज्योति चम्कँदैन र ?
4तब कसरी मानिस परमेश्‍वरसित धर्मी ठहरिन सक्छ त ? स्‍त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ ?
5हेर्नुहोस्, उहाँलाई चन्द्रले पनि उज्यालो पार्न सक्‍दैन । उहाँको दृष्‍टिमा ताराहरू सिद्ध छैनन् ।
6मानिस त झन् नगन्‍य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो !