Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 8

हितोपदेश 8:1-10

Help us?
Click on verse(s) to share them!
1के बुद्धिले आव्हान गर्दैन र ? के समझशक्तिले त्यसको सोर उचाल्दैन र ?
2बाटोको छेउका उच्‍च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।
3सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ,
4“हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो ।
5तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर ।
6सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु ।
7किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्‍टता मेरो ओठको लागि घृणित कुरो हो ।
8मेरो मुखका सबै वचन न्यायपूर्ण छन् । तिनमा कुनै पनि बाङ्गोटिङ्गो छैन वा तिनले गलत मार्गमा लैजाँदैनन् ।
9बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।
10चाँदीभन्दा मेरो निर्देशनलाई प्राप्‍त गर । निखुर सुनभन्दा मेरो ज्ञानलाई प्राप्‍त गर ।

Read हितोपदेश 8हितोपदेश 8
Compare हितोपदेश 8:1-10हितोपदेश 8:1-10