Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 6

हितोपदेश 6:2-13

Help us?
Click on verse(s) to share them!
2तेरो प्रतिज्ञाद्वारा तैँले आफैलाई पासो थापेको छस्, र तेरो मुखको वचनद्वारा तँ पक्रिएको छस् ।
3हे मेरो छोरो, तेरो वचनद्वारा तँ पक्राउ पर्दा यसो गरेर आफैलाई बचा, किनकि तँ तेरो छिमेकीको हातमा परिसकेको छस् । गएर आफैलाई विनम्र तुल्या, र तेरो छिमेकीको सामु आफ्नो मामला राख ।
4आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे ।
5सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा ।
6ए अल्छे मानिस, कमिलालाई हेर् । त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् ।
7त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन,
8तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ ।
9ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्‍ने छस् ? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस् ?
10क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले
11गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।
12बेकम्मा व्यक्ति अर्थात् दुष्‍ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ ।
13त्यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ ।

Read हितोपदेश 6हितोपदेश 6
Compare हितोपदेश 6:2-13हितोपदेश 6:2-13