Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 30

हितोपदेश 30:27-33

Help us?
Click on verse(s) to share them!
27सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन् ।
28छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्‍न सकिन्छ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन् ।
29तिनवटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन् र चारवटा छन् जुन शानसँग हिँड्छन्:
30सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन ।
31शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।
32आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।
33जसरी दूध मथेर घिउ निस्कन्छ, र नाक ठोक्‍किँदा रगत निस्कन्छ, त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्‍न गराउँछ ।

Read हितोपदेश 30हितोपदेश 30
Compare हितोपदेश 30:27-33हितोपदेश 30:27-33