Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 30

हितोपदेश 30:15-21

Help us?
Click on verse(s) to share them!
15जूकाका दुई छोरी छन् । “देऊ, देऊ” भन्दै तिनीहरू चिच्‍च्याउँछन् । तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै “पुग्यो” भन्दैनन् ।
16पाताल, बाँझी स्‍त्री, पानीले कहिल्यै सन्तुष्‍ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्‍ने आगो ।
17बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् ।
18तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ:
19आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल ।
20व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।”
21तिनवटा कुराबाट पृथ्वी काम्छ, र चारवटा कुरालाई यसले सहन सक्दैनः

Read हितोपदेश 30हितोपदेश 30
Compare हितोपदेश 30:15-21हितोपदेश 30:15-21