Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 28

हितोपदेश 28:13-27

Help us?
Click on verse(s) to share them!
13आफ्ना पापहरू लुकाउनेको उन्‍नति हुने छैन, तर तिनलाई स्वीकार गरी त्याग्‍नेलाई कृपा देखाइने छ ।
14सधैँ आदरसाथ जिउने आशिषित् हुने छ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्‍टमा पर्ने छ ।
15गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक हुन्छ ।
16समझशक्ति कमी भएको शासक क्रुर हुन्छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्छ ।
17कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।
18निष्‍ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ ।
19आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिने छ ।
20विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।
21पक्षपात गर्नु राम्रो होइन, तरै पनि एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ ।
22कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।
23फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्‍नेले नै पछि बढी निगाह पाउँछ ।
24आफ्ना बुबा र आमालाई लुटेर “त्यो पाप होइन” भनी बताउने मानिस बर्बादी ल्याउनेको मित्र हुन्छ ।
25लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्‍नति हुने छ ।
26आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ ।
27गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ ।

Read हितोपदेश 28हितोपदेश 28
Compare हितोपदेश 28:13-27हितोपदेश 28:13-27