Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 27

हितोपदेश 27:19-27

Help us?
Click on verse(s) to share them!
19जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।
20जसरी पाताल र एब्बाड्‍डोन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्‍ट हुँदैनन् ।
21चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ ।
22मूर्खलाई खलमा वा अन्‍नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन ।
23तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे ।
24किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र ?
25पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ ।
26ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन् ।
27तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ ।

Read हितोपदेश 27हितोपदेश 27
Compare हितोपदेश 27:19-27हितोपदेश 27:19-27