Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 26

हितोपदेश 26:17-26

Help us?
Click on verse(s) to share them!
17कुकुरको कान समात्‍ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो ।
18त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो,
19जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र ?”
20दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ ।
21जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो ।
22कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् ।
23माटोको भाँडामा चल्काउने जलप लाएझैँ आघात पुर्‍याउने ओठ र दुष्‍ट हृदय हुन्छ ।
24अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ ।
25त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्‍वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् ।
26त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्‍टता सभामा खुला हुने छ ।

Read हितोपदेश 26हितोपदेश 26
Compare हितोपदेश 26:17-26हितोपदेश 26:17-26