17आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्क भएर तँलाई घृणा गर्छ ।
18आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।
19तैँले कष्टको समयमा भरोसा गर्ने अविश्वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टाजस्तै हो ।
20जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्छ ।
21तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे ।